८ साल

८ साल माघमा जन्मेको म सम्झन्छु हरेक पल , मेरी आमाले तातो मिर्मिरे घाममा तोरीको तेल लगाउदै भन्थिन , मेरो छोरा बन्ने छ देशको शान !!!

मेरो आगमनमा बाडिएको त्यो लड्डु , सम्झन्छु हरेक पल , मेरो बुवा ले लड्डु किन्नको लागि बगाएको त्यो पसिना , ऋण कहिले तिर्क्षस साहिला भन्दै औथ्ये साहु तिमल्सिना !!!

बिगत नै बिति गयो , आज वर्तमानमा मा एक्लो छु , न आमाको माया छ , न त बुवाको छत्रछाया छ , सुन है यो उराठलाग्दो कुरो , बोल्दै छु मा आभागी टुहुरो !!!

सपना थियो मेरा बाबुआमाको तिर्छ छोराले ऋण , सम्झन्छु हरेक पल , बुढेसकालको सहारा भन्दै ससुम्सुमाएको , बुढेसकालको आहारा भन्दै ससुम्सुमाएको !!!

कस्तो जुनी दिएउ भगवान न आमाको माया पाउन सके , न त बुवाको छत्रछाया पाउन सके, तर बिश्वास गर्नुहोस आमा जहाभाए पनि , तर बिश्वास गर्नुहोस बुवा जहाभाए पनि , छोरा बनि सक्यो देशको शान , कहिलै टुक्र्युना दिने छैन परिवारको मान !!!

धन्यवाद !!!

Subscribe to Milan Newsletter

One update per week. All the latest posts directly in your inbox.